समाचार
संक्षिप्त परिचय
महाशिला गाउँपालिकामा तपाइलाई हार्दिक स्वागत छ ।
महाशिला गाउँपालिका प्रदेश नं. ४ स्थित पर्वत जिल्लाको दक्षिण भागमा रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछन्। यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि. मि. रहेको र जनसंख्या ९८५७ रहेको छ। यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा गा. वि. स को वडा न. ७ र ८ मिलेर बनेको हो। यस गाउँपालिकाको केन्द्र साबिक को बालाकोट गा.वि. स. भवन मा रहेको छ।
पर्यटकीय द्रिष्टिकोणले पर्चुर सम्भावना रहेको यस गाउँपालिकामा चिसापानी लेक (२२६६ मि.), गोर्ल्याङको लेक, महाशिला, पैयुंकोट, धुवाकोट, एककाने चौर, गंगाधर गुफा आदि रहेका छन्।
क) गाउँपालिकको ऐतिहासिक पक्षः
हालको पर्वत जिल्लाको धेरैजसो भाग चौबिसी राज्य अन्तर्गत पर्वत, पैञ्यूँ र सतहँुमा पर्दथ्यो । बि.सं. १८४३ मा चौबीसी राज्य समाप्त भई नेपालमा एकिकरण भएको हो । हालको महाशिलामा पर्ने सबै क्षेत्र साबिकको पैञ्युँ राज्य अन्तर्गत पर्दथ्यो । बि.सं. २०१८ साल पूर्व कार्किनेटा, भोक्सिङदेखि सिंगारकोष टकलाकसम्मका तत्कालिन गाउँपञ्चायतहरु स्याङजा जिल्लाको नुवाकोटको अधिनमा रहेका थिए । बि.सं. २०१८ सालमा मात्रै राजा महेन्द्रबाट १४ अञ्चल ७५ जिल्ला कायम गर्दा हालको यस महाशिलामा पर्ने बालाकोट बाहेक घण्टेदेउराली, फलामखानी, पाखापानी, लुंखुदेउराली, होश्राङ्दी र भोक्सिङ थिए । बि.सं. २०३२ सालमा पर्वत जिल्लाको आरुचौर, घण्टेदेउरालीका ५ वटा वडा, पाखापानीका ३ वटा वडा स्याङजामा गाभिएका थिए भने गण्डकी अञ्चलमा रहेको पर्वत जिल्लालाई धौलागिरी अञ्चलमा समावेश गरिएको थियो । बि.सं. २०३२ सालपछि ५५ वटा गाविसमा विभाजन गरिएकोमा संघीयताको कार्यान्वयनको क्रममा बि.सं. २०७३ सालमा ७ वटा स्थानीय तह बन्ने क्रममा महाशिला गाउँपालिका कायम हुन आएको हो । (पर्वत जिल्लाको ऐतिहासिक कोटहरु – हिरालाल रेग्मी) ४००० पर्वतका नामले चिनिने पर्वत जिल्लामा अनगिन्ती पर्वतहरु रहेका छन् । धुवाँकोट र पैञ्युँ धुवाँकोटका नामले चिनिने यस क्षेत्र समयानुकूल धार्मिक पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बिशाल शिला (संसार कै ठूलो ढुङ्गा) को नामबाट यस गाउँपालिकाको नाम महाशिला कायम हुन गएको हो । यद्यपि यस क्षेत्रलाई समग्रमा पैञ्युँ धुँवाकोट र स्थान बिशेषका आधारमा हेर्दा साविकको होश्राङ्गदी गाविसलाई पैञ्युँ धुँवाकोट क्षेत्र अन्तर्गत र अन्य साविकका गाविसहरु धुवाँकोट क्षेत्र अन्तर्गत पर्दछन् । वर्तमान पर्वत जिल्लाको महाशिला गाउँपालिका–१ अन्तर्गत (साविकको होश्राङ्दी गा.वि.स.–१) मा पर्ने कालीगण्डकीको वाँया किनार पर्वतको दक्षिणी भेगमा उत्तरबाट दक्षिणतर्फ गोल्र्याङको डाँडा फैलिएको छ । गोल्र्याङको डाँडामा प्रशस्त वनजङ्गल ( हे.) रहेको छ । यसै गोल्र्याङको डाँडाको काखमा ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पैयुँकोट अवस्थित रहेको छ । यस पैयुँकोट समेत यसै गाउँपालिकामा पर्दछ । यस कोटको नाम र मध्यकालमा पैयुँ राज्यका नामबाट शासित पर्वतको दक्षिणी पूर्वी क्षेत्रलाई अहिलेपनि पैयुँक्षेत्र भनेर चिनिन्छ । चौबीसी राज्य अन्तर्गत पैयुँ राज्यको सबैजसो भाग अहिले पर्वत जिल्लामा समावेश गरिएको छ ।
ख) भौगोलिक अवस्थितिः
गण्डकी प्रदेश अन्तर्गत पर्वत जिल्लाको दक्षिणमा पर्ने महाशिला गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, उत्तरमा फलेवास नगरपालिका, पश्चिममा फलेवास नगरपालिकाको केहि भाग र बिहादी गाउँपालिकाको केहि भाग र दक्षिणमा बिहादी गाउँपालिकाको केहि भाग र पैयुं गाउँपालिका पर्दछ । विश्व मानचित्रमा २८० ०३’ ०७” देखि २८० ०८’ ००” उत्तरी अक्षांश र ८३० ३७’ ०६” देखि ८३० ४३’ ५७” पूर्वी देशान्तरसम्म यो गाउँपालिका अवस्थित छ । यस गाउँपालिकाको कुल क्षेत्रफल ४९.३८ वर्ग कि. मि. रहेको छ । यहाँको जनसंख्या ९८५७ रहेको छ । यस गाउँपालिका साविकका ६ वटा गा. वि. स. होश्राङ्दी, भोक्सिङ, वालाकोट, पाखापानी, लुङ्खुदेउराली, फलामखानी र कुर्घा गा. वि. स को वडा न. ७ र ८ मिलेर बनेको हो । यस गाउँपालिकाको केन्द्र साबिकको बालाकोट गा.वि. स. भवनमा रहेको छ ।
ग) हावापानीः
यस जिल्लामा उष्ण, शीतोष्ण र समशीतोष्ण गरी सबै किसिमको हावापानी पाइन्छ । पञ्चासेदेखि शुरु हुने महाभारतीय श्रृंखला डहरेको लेक हुँदै धुवाँकोट, चिसापानी, गोल्र्याङ् जस्ता धुरीहरुमा अधिकांश समय चिसो हावापानी पाइन्छ । यद्यपी महाशिलामा पर्ने सबै भाग पूर्व मोहोडा भएको हुँदा सूर्योदयको समयमा न्यानो हुने गर्दछ । तल्लो क्षेत्रमा भने गर्मी हावापानी पाइने गर्दछ । पर्वत जिल्लाका अन्य क्षेत्रमा पानी नपर्दा समेत यस क्षेत्रमा पानी पर्ने गर्दछ । पैञ्युखोला (सेती खोला) को उद्गम स्थल समेत यसै क्षेत्र हो । पानीको मुहानमा उत्पादनमा कमी नआवोस भन्नका लागि महाशिला गाउँपालिकाले डाँडा टाकुरामा दर्जनभन्द बढी पोखरीहरु निर्माण गरेको छ ।
घ) जनसंख्याः
जनसंख्या तर्फ हेर्दा, वडा नं. १ होश्राङ्दीमा १५९९, वडा नं. २ भोक्सिङमा ८९१, वडा नं. ३ बालाकोटमा १३१३, वडा नं. ४ पाखापानीमा २३९१, वडा नं. ५ लुंखु देउराली र साविकका कुर्घा गा.वि.स.का वडा नं. ७, ८ मा २७४७ र वडा नं. ६ फलामखानीमा ९१७ गरी कुल जनसंख्या ९८५८ रहेको छ । यस गाउँपालिकामा ब्राम्हण जातिको जनसंख्या २३०२, क्षेत्री जातिको जनसंख्या १५९८, कामी जातिको जनसंख्या १५२९, गुरुङ जातिको जनसंख्या १४०७, मगर जातिको जनसंख्या ८९४, ठकुरी जातिको जनसंख्या ८०९, सार्कि जातिको ६१३, दमै जातिको जनसंख्या ३२५, अन्य विभिन्न जातिको जनसंख्या ३८१ रहेको छ । गाउँपालिकाका ६ वटै वडामा गरी १५७७ जना अन्यत्र गएको देखिएको छ ।
ङ) पर्यटनः
पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेको यस गाउँपालिकामा चिसापानी लेक (२२६६ मि.), गोर्ल्याङको लेक ( ), बिश्वको ठूलो महाशिला, पैयुंकोट, धुवाकोट, एक्काने चौर, गंगाधर गुफा आदि रहेका छन् । यस गा.पा.मा पैञ्यूकोट, धुँवाकोट, चिसापानी, बालाकोट, रानीपानी जस्ता ऐतिहासिक सम्पदाहरु रहेका छन भने गंगाधर गुफा, चिसापानीको जङ्गल, गोल्र्याङको जङ्गल, दुम्सिङको जङ्गल, विभिन्न पाटन, विभिन्न देउराली, मानव निर्मित होम स्टे आदि यहाँ रहेका छन । नेपाल कै पर्यटन नगरी पोखराबाट यहाँ केवल ३ घण्टादेखि ४ घण्टामा आउन सकिन्छ । स्याङ्गजा जिल्लाको हेलुवी हुँदै यहाँ आउन हाल पनि केवल १ घण्टाको कच्ची सडकमा यात्रा गरेमा आउन सकिन्छ ।
च) महाशिला गाउँपालिकाको नामाकारणः
यस गाउँपालिकाको वडा नंं. ५ जोरकाफल र बनपाखे भन्ने बस्तीको बीचमा बिशाल महाशिला रहेको छ । यस महाशिला जमिन बाहिर देखिने भाग १,३०,००० घन मिटर रहेको छ । स्थानीयबासीले यसलाई मालढुङ्गा पनि भन्ने गर्दछन् । यहाँ नित्य पूजाआजा हुने गर्दछ भने शिवरात्री, बालचतुर्दशी जस्ता बिशेष पर्वहरुमा भगवान आरोध्यदेव शिवजीको पूजाआजा गर्ने, शत् वीज छर्ने गरिन्छ । यहाँ पूजाआजा गरेमा मनोकामना पूरा हुने, सुस्वास्थ्य तथा दिर्घायू हुन्छ भन्ने भनाई रहि आएको छ ।
तस्विर: महाशिला (मेल ढुङ्गा)
तस्विर: महाशिला गाउँपलिकाको वार्डहरु छुट्याइएको नक्सा