महाशिला गाउँपालिका पर्वतलाई आज२०८०।०१l२७ गते पुर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समितिका संयोजक श्री ईश्वरि प्रसाद भुसालको अध्यक्षता र जिल्ला समन्वय समिति पर्वतका प्रमुख श्री बिष्णु राम बि.क.को प्रमुख आतिथ्यतामा कार्यक्रम घोषणा गरियो ।
समाचार
ग्यालरी
महाशिला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, बालाकोटमा जिल्ला अदालत पर्वतका मा. न्यायधिस श्री आनन्द प्रसाद श्रेष्ठ ज्यू लगायतको टोलीले महाशिला गाउँपालिका न्याायीक समितिको अनुगमन निरीक्षण गर्ने कार्य सम्पन्न भयो ।
महाशिला गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय बालाकोट पर्वतद्वारा आयोजना गरिएको गरिवी निवारणका लागि लघु उद्धम विकास कार्यक्रम (MEDPA) अन्तर्गत छोटो अबधिको अचार बनाउने सिप विकास तालिम वडा नं ०३, बालाकोमा समापन
मोदी गाउँपालिकाको स्थापना दिवसको अवसरमा, नेपाल निजामती कर्मचारी सगठन, मोदी गाँउ कार्य समितिको आयोजनामा पर्वतका कर्मचारीहरुको पालिकास्तरीय खुल्ला हाजिरी जवाफ प्रतियोगितामा महाशिला गाँउ पालिकाले प्रथम स्थान हासिल गर्न सफल भएकोमा महाशिला गाउँपालिका टिमलाइ हार्दिक बधाई तथा शुभकामना साथै यो अबसर प्रदान गर्नु हुने मोदी गाउँपालिका कार्यालय र नेपाल निजामती कर्मचारी संगठन, मोदी गाउँ कार्य समितिलाइ हार्दिक धन्यबाद व्यक्त गर्दछौँ ।