FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

नेपाली नागरिकता प्रमाणपत्र वा प्रतिलिपि सिफारिस प्राप्त गर्न पेश गर्नु पर्ने  कागजात हरू निम्नानुसार छन :

  • निवेदन पत्र र आमा / बुवाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • विवाहित महिलाको हकमा पति / आमा / बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • चारित्रिक प्रमाणपत्रको प्रतिलिपी (विद्यार्थिको हकमा )
  • विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि (विवाहिताको  हकमा)।
  • बसाईसरी आएको हकमा बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि ।
  •  दुवै कान देखिने पासपोर्ट साईको फोटो २ प्रति ।
  •  कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस ।
  •  प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि ।

घरजग्गा नामसारी सिफारीस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि
  • नाता प्रमाणित प्रमाण पत्र सिफारिस प्रतिलिपि
  • नेपाली नागरिकता प्रमाण पत्र प्रतिलिपि/१६ बर्ष नपुगेकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि,
  • अंशबन्डा भए बण्डापत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि तथा सक्कल नागरिकता प्रमाणपत्र
  • वडा सचिवको किटानी सिफारिस
  • गत बर्षसम्म न.पा. लाई सम्पुर्ण कर बुझाएको प्रमाण
  • स्थलगत वडा सर्जमिन मुचुल्का
  • व्यवसाय दर्ता प्रमाण पत्र प्रतिलिी (व्यावसायको हकमा) घर बहाल कर तिरेको रसिद

जन्म दर्ता प्रमाणपत्र सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :

  • जन्मको अनुसूची–२ (नियम ५ संग सम्बन्धित) बमोजिमको सूचना फाराम (भरेको हुनुपर्ने)
  • आमा/बाबुको विवाहदर्ताको प्रतिलिपि
  • आमा/बाबुको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • सूचकको नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • कर्मचारीको छोराछोरीको हकमा सम्बन्धित कार्यालयको सिफारिस
  • आमा-बाबु बसाई सराई भै आएको भए सोको प्रतिलिपि
  • अस्पतालमा जन्मिएको भए सोको प्रमाणको प्रतिलिपि
  • वडाको किटानी सिफारिस
  • दस्तुर न.पा.को नियमानुसार
  • माथि उल्लेखित प्रक्रिया पुरा भएपछि अनुसूची–१२ अनुसारको प्रमाण–पत्र उपलब्ध गराईनेछ

१. योजना तथा कार्यक्रमको सम्झौताको लागि निवेदन । २. स्वीकृत लागत अनुमान। ३. वडा कार्यालयको योजना सम्झौता गरिदिने वारेको सिफारिस । ४. सरोकारवाला उपभोक्ताहरुको भेलाबाट निर्वाचित पदाधिकारीको रोहवरमा भएको उपभोक्ता समिति/अनुगमन समिति गठनको निर्णयको प्रतिलिपि । ५. संघसंस्था, समूह, क्लब, समिति आदी जस्ता आधिकारिक संस्थाद्वारा कार्यान्वयन गरिने योजना भए सोही समितिको आधिकारिक निर्णयको प्रमाणित प्रतिलिपि । ६. समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपि । ७. भौतिक पूर्वाधार वाहेक अन्य कार्यक्रमको लागि कार्यक्रम प्रस्ताव ।