FAQs Complain Problems

समाचार

नाबालक परिचय पत्र सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / सदस्य / सचिवले सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नि-शुल्क
आवश्यक कागजातहरु: 

१)  जन्म दर्ताको प्रमाण पत्र

२)  बुवा आमा नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निवेदन पत्र

३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने

५) नाबालक अनिवार्य उपस्थित हुनु पर्ने

६) दुवै कान देखिने पासपोर्ट साइजको फोटो

प्रक्रिया: 

१) निवेदन सहितको तोकिएको कागजातहरु पेश गर्ने

२) वडा अध्यक्ष÷सदस्य÷ सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने

३) निवेदन दर्ता गर्ने

४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने

५) निवेदकले तोकिएको शुल्क बुझाउने

६) चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने