FAQs Complain Problems

समाचार

पर्वतको महाशिला सडक सञ्जालले घेरिँदै

Mahashila Sadak

फागुन ७ पर्वत । पर्वतको महाशिला गाउँपालिकालाई सबै वडामा जोड्नेगरि रिंगरोडको अवधारणमा सडक सञ्जाल विस्तारको काम थालिएको छ । गाउँपालिकाको केन्द्रवाट सबै ६ वटा वडामा जोड्ने गरि नयाँ ट्रयाक खोल्ने र सञ्चालनमा रहेका सडकको स्तउन्नती गर्न थालिएको हो । नयाँ ट्रयाक खोलेर सवै वडालाई गाउँपालिकाको केन्द्र संग सिधा सम्पर्क स्थापित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।

१ करोड ५० लाख रुपैयाँ वजेट विनियोजन गरेर सडक स्तउन्नती गर्न लागिएको पौडेलले जानकारी दिए । गाउँपालिकाले वालकोटको वारेडाँडामा रहेको केन्द्र देखी अर्गौदीसम्म र वान्द्रे्र देखि नियाली हुँदै विहादी डाँडा जोड्ने नयाँ ट्रयाक खोल्न थालिसकेको छ । त्यस्तै केह सञ्चालनमा रहेका सडकलाई ७ मिटर फराकिलो वनाईँदै छ ।

लुँखुको एकपाटे देखि वालकोट जोड्ने सडक, लुँखु देखि गानावाङ हुँदै मल्कवाङ सडक, लुँखु मिलनचोक आहाले भोक्सिङ सुबेदीखर्क जोड्ने सडकलाई ७ मिटरको वनाउन लागिएको छ । होश्राङ्दी अगुवाखोला, सुर्यमावि हुँदै जम्पुर सम्म केन्दिय अनुदानवाट कालोपत्रे गर्न लागिएको छ । गाउँपालिकाका प्रवक्ता जिवन उचै ठकुरीका अनुसार यि सडकहरुको स्तरउन्नती गरि वाह्रैमास गाडी गुडाउन सहज वनाईदै छ ।

लमाएखोलादेखि लुँखुदेउराली सम्म एसियाली विकास बैँकको सहयोगमा कालोपत्रेको काम शुरु भएको छ भने हुवास देखि लुँखु जोड्ने गरि डिपिआर तयार गरेर टेण्डर आव्हान भैसकेको छ । सडकहरुलाई ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गिकरण गरि स्तउन्नतीको काम थालिएको छ । ‘क’ वर्गमा रहेका सडक कालोपत्रे गरिने भएको छ भने ‘ख’ श्रेणीका सडकलाई ७ मिटरको वनाएर स्तरउन्नती गरिने छ । ‘ग’ वर्गमा विभाजित सडकहरु भने वल्ल अव नयाँ खन्न थालिएका सडकमा पर्छन ।

Credit: रोशन तिवारी 

आर्थिक वर्ष: