FAQs Complain Problems

समाचार

महाशिलाका विद्यालयहरुमा प्रविधि मैत्री शिक्षा

२०७६ जेठ ८ ।

महाशिला गाउँपालिका द्वारा आफ्नो "एक कक्षा एक प्रोजेक्टर" कार्यक्रम अन्तर्गत  माध्यामिक विद्यालयहरुलाई प्रोजेक्टर वितरण गरिएको छ। मगंलबार एक भव्य कार्यक्रमका बिच गण्डकी प्रदेशका माननिय मन्त्री श्री किरण गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा उक्त कार्यकर्म सम्पन्न भएको  छ । कार्यक्रममा माननिय मन्त्री ज्युले दियोमा बत्ति बाली तथा कक्षा कोठामा  गई प्रोजेक्टर मार्फत कक्षा संचालन गरेर "एक कक्षा एक प्रोजेक्टर" कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री ज्यूले महाशिलाको यो प्रविधी मैत्री शिक्षा कार्यक्रम  शैक्षिक क्षेत्रमा गण्डकी प्रदेश कै एक नविन कार्यक्रम रहेको बताउनुभएको थियो । यस नविन कार्यले महाशिलाको शैक्षिक क्षेत्रमा उपलब्धिमुलक नतिजा हासिल गर्नेमा विश्वस्त रहेको बताउनु भएको थियो ।  

आर्थिक वर्ष: