FAQs Complain Problems

समाचार

प्र. जि. अ. घिमिरे ज्यू द्वारा महाशिला गाउँपालिका कार्यालयको अवलोकन ।

२०७६ श्रावण २८ गते  बालाकोट , पर्वत।

मंगलबार महाशिला गाउँपालिकाको कार्यालय बालाकोटमा पर्वत प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल ज्यू लगायतको टिमले कार्यालय अवलोकन गर्नुभएको छ । उक्त अवलोकन भ्रमणमा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक  श्यामु अर्याल, कुश्मा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हरी पंगेनी लगायत अन्यको उपस्थित रहेको थियो । महाशिला गाउँपालिकाका का. वा. अध्यक्ष  हिरा कुमारी राना ज्यूले प्र. जि. अ.  घिमिरे ज्यू लगायत लाई स्वागत गर्नु भएको थियो । अवलोकन पश्‍च्यात एक कार्यक्रमका बिच महाशिला प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्री ज्यूले गत आ.व. मा महाशिला गाउँपालिकाले गरेका काम कारबाहीको बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको स्वागत महाशिलाका प्रवक्ता जिवन विक्रम उचै ज्यूले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्र. जि. अ. घिमिरे ज्युले राज्यको पुर्न संरचना संगै स्थानिय तह निर्माण भएको हुदाँ अवको देशको आर्थिक सामाजिक विकास को जग तथा आधार स्थानिय तह रहेको बताउनुभएको थियो । प्रशासन र राजनैतिक नेतृत्व एक सिक्‍काका दुई पाटा हुन भन्दै प्र. जि. अ. घिमिरे ज्यूले राजनैतिक नेतृत्वले ल्याएका 'भिजन' हरू प्रशासनले योजनाबद्ध तरिकाले कार्यान्वयन गर्नु पर्ने बताउनु भएको थियो । यसरी कार्यालयले योजना तथा कार्यक्रम कार्यान्वयन गर्दा कर्मचारीले पुर्णत: कानुन सम्मत गर्नु पर्ने र आवश्यक रहेको खण्डमा राजनैतिक नेतृत्वलाई पनि कानुनको  विषयमा जानकारी गराउनु पर्ने उल्लेख गर्नुभएको थियो । कर्मचारीले काम गर्दा मुख्यत:  शुशासनमा ध्यान दिनु पर्ने पनि बताउनु भयो । साथै योजना तथा कार्यक्रम बनाउदा स्पष्ट तरिकाले बनाउदिनुहुन पनि राजनैतिक नेतृत्वलाई अनुरोध गर्नु भएको थियो ।

शान्त पौडेल,

सूचना प्रविधी अधिकृत 

आर्थिक वर्ष: