FAQs Complain Problems

समाचार

शिक्षकहरुलाई सात दिने सूचना प्रविधि (IT) सम्बन्धी तालिम सम्पन्न

भाद्र २९ गते ।

महाशिला गाउँपालिकाले शिक्षा क्षेत्रमा प्रविधीको उच्चतम प्रयोग गर्दै गुणस्तरीय शिक्षा दिने उद्देश्यले ले शिक्षकहरुलाई ७ दिने सूचना प्रविधि सम्बन्धी तालिम प्रदान गरेको छ । तालिममा महाशिला गाउँपालिका भित्रका सम्पुर्ण  २६ वटै विद्यालयका एक एक जना शिक्षकहरुको उपस्थित रहेको थियो ।  उक्त तालिममा गाउँपालिकाका सूचना प्रविधि अधिकृत शान्त पौडेल र कम्प्युटर अपरेटर रमेश प्रसाद शर्माले प्रशिक्षण गर्नु भएको थियो । ७ दिने तालिममा शिक्षकहरुले सूचना प्रविधी सम्बन्धी आवश्यक सिप तथा ज्ञान हासिल गर्नु भएको थियो ।

आर्थिक वर्ष: