FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

कृषकलाई उन्नत जातका बोका बितरण

गाउँपालिकाले महाशिलालाई मासुमा आत्मानिर्भर बनाउने कार्यक्रम अन्तर्गत कृषकहरुलाई अष्ट्रेलियाली उन्नत जातको बोयर जातको बोका बितरण गरेको छ । गाउँपालिका भित्रका तपसिल ८ वटा बाख्रापालक समूहलाई एक÷एक वटा बोका बितरण गरिएको छ ।

बाँदर नियन्त्रण गर्न ३० लाख !

पर्वत — बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि महाशिला गाउँपालिकाले बजेटै छुट्टयाएरै नियन्त्रण योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको हो ।

आ. व. २०७४।७५ को दोश्रो गाउँसभा सम्पन्न

महाशिला गाउँपालिकाको  दोश्रो गाउँसभामा सम्पन्न भएको छ। जहाँ ८ वटा बिभिन्न एेनहरु सर्बसम्मतले पारित भएका छन ।

स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि क्षमता अभिवृद्धि तालिम

२०७५ जेष्ठ २२ गते। आज यस महाशिला गाउँपालिकामा स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुको लागि २ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । जि.स. स.

ज्यामिरे रातामाट बान्द्रे ग्रामीण कृषि सडक समुउद्घाटन कार्यक्रम

२०७५ जेष्ठ १०, महाशीला -५ अन्तर्गत  ज्यामिरे रातामाट बान्द्रे ग्रामीण कृषि सडकको अाज  एक कार्यक्रमको बिच उद्घाटन भएको छ।

स्थानीय सरकारले निर्माण गर्नुपर्ने कानुन सम्बन्धी १ दिने छलफल कार्यक्रम सम्पन्न

२०७५ जेष्ठ ६ गते । महाशिला गाउँपालिकामा  स्थानीय सरकारले निर्माण गर्नुपर्ने  कानुन  सम्बन्धी १ दिने छलफल कार्यक्रम  सम्पन्न भएको छ । उक्त कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका श्रोत व्याक्ति तथा स्थानिय शासन विज्ञ श्री कृष्ण प्रसाद सापकोटाले प्राशिक्षण दिनुभएको थियो भने पुर्व गाविस महासंघको क

फलामखानी स्वास्थ्य चौकिमा २४ घण्टे प्रसुति सेवा सन्चालनमा

महाशिला गाउँपालिका वार्ड नं ६ फलामखानी स्थित फलामखानी स्वास्थ्य चौकिमा २४ घण्टे प्रसुति सेवा सन्चालनमा आएको छ । मंगलवार गाउँपालिकाले फलामखानी स्वास्थ्य चौकिमा एक कार्यक्रमको आयोजना गरी चैविसै घण्टा सेवा दिने गरी प्रसुति सेवाको सुभारम्भ गरेको छ।  महाशिला गाउँपालिका भित्र रहेका सवै ६ ओटै वडामा २४ घ

लुङ्खु देउराली इलाका हुलाक कार्यलय

महाभुकम्पको क्षतीका कारण बिस्थापित महाशिला -५ स्थित लुङ्खु देउराली इलाका हुलाक कार्यलय  जिल्ला हुलाक कार्यलय पर्बत र महाशिला गाउपालिका को आर्थिक सहयोगमा पुनर्निर्माण गरि पुन आफ्नै भबन बाट सेवा आरम्भ गरेको छ

Birthing Center Opening at Pakhapani

महाशिला गाउँपालिका वार्ड नं ४ पाखापानी स्थित पाखापानी स्वास्थ्य चौकिमा २४ घण्टे प्रसुति सेवा सन्चालनमा आएको छ । २०७५ बैसाख ०१ गते गाउँपालिकाले पाखापानी स्वास्थ्य चौकिमा एक कार्यक्रमको आयोजना गरी चैविसै घण्टा सेवा दिने गरी प्रसुति सेवाको सुभारम्भ गरेको छ। 

Pages